काठमाडौँ- कालिकोट तिलागुफा नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार खड्काराज शाही निर्वाचित भएका छन्।
नेकपा (माओवादी केन्द्र) का नैशोभा शाहीलाई पराजित गर्दै ३७ वर्षीय खड्गराज वडाध्यक्षमा निर्वाचित भएका हुन्। यसअघि यो वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए।
खड्कराजले १४३ मत ल्याउँदा माओवादी उम्मेदवार नैशोभाले ११५ मत प्राप्त गरेकी छन्। यो वडामा नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रलाई सघाएको थियो।
एमालेका ऐनबहादुर शाहीले ७८ र नेपाली कांग्रेसका पैलनबहादुर शाहीले ४९ मत ल्याएका छन्। त्यस्तै राप्रपाका गोगनबहादुर शाहीले १७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गगन बमले ५ मत ल्याएका छन्। मतदानमा ४११ मत खसेको थियो।
प्रकाशित: १६ मंसिर २०८१ २०:०४ | Sunday, December 1, 2024
प्रतिक्रिया





