तराई र उपत्यकामा हुस्सुको प्रभाव, जनजीवन कष्ठकर हुने सम्भावना

हिमाल प्रेस १६ पुष २०८१ ६:३८ | Tuesday, December 31, 2024
तराई र उपत्यकामा हुस्सुको प्रभाव, जनजीवन कष्ठकर हुने सम्भावना

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १६ पुष २०८१ ६:३८ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast