ठूला दलले विश्वविद्यालयलाई राजनीतिक मैदान बनाए : पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ

हिमाल प्रेस ९ पुष २०८१ १४:४१ | Tuesday, December 24, 2024
ठूला दलले विश्वविद्यालयलाई राजनीतिक मैदान बनाए : पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ सुमना श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले मुलुका ठूला राजनीतिक दलले विश्वविद्यालयलाई राजनीतिको मैदान बनाएको आरोप लगाएकी छन्। उनले दलहरूले नेपाली जनतामाथिको संगठित अपराध गरेको पनि बताइन्। विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति गर्दा दलीय भागबन्डालाई निरन्तरता दिएको भन्दै उनले यस्तो आरोप लगाएकी हुन्।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विश्वविद्यालयजस्तो महत्त्वपूर्ण थलोलाई राजनीतिको मैदान बनाएर नेपाली जनतामाथिको यो संगठित अपराधविरुद्ध हामी कहिले लाग्ने?’ सरकारले केही दिनअघि पोखरा विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको थिया्।

उनले लेखेकी छन्, ‘यी नियुक्तिहरू आफू निकट संगठनका अध्यक्ष र दलीय भागबन्डामा आधारित हुनुले शिक्षाक्षेत्रप्रति ठूला दलहरू अत्यन्तै गैरजिम्मेवार देखिन्छन्। गुणस्तर शिक्षाको नाममा भ्रमको खेती।’ साथै पूर्वमन्त्री श्रेष्ठले बौद्धिक चोरी गरेकालाई समेत आवेदन दिने बाटो खुलाएर ताजबिजीमा दिन मिल्ने अंक कार्यविधिमा बढी राखेर काननुकै प्रयोग गरेर देशको शिक्षा क्षेत्रको दोहन भएको आरोप लगाएकी छन्।

उनले लेखेकी छन्, ‘दुई ठूला दल एमाले र कांग्रेसले दुईतिहाई सरकारको नेतृत्व गरिरहेका छन्। दुईतिहाई जुनसुकै परिवर्तनका लागि पर्याप्त राजनैतिक तागत हो। पार्टीका सिद्धान्त, घोषणापत्र र दस्तावेजहरूमा गुणस्तरीय शिक्षाको प्रतिबद्धता गरे तापनि दशकौँदेखि दलगत स्वार्थका लागि राज्य प्रणालीको चरम दुरुपयोग गरिएको छ।’ दुई दलले कार्यकर्ता भर्तीमार्फत देशको दोहन गरिरहेको श्रेष्ठको आरोप छ।

प्रकाशित: ९ पुष २०८१ १४:४१ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast