जसले ड्रागन फुटका लागि तयारी गरे, अनि केराखेती लगाएर कमाए

हिमाल प्रेस १४ पुष २०८१ ७:२२ | Sunday, December 29, 2024
जसले ड्रागन फुटका लागि तयारी गरे, अनि केराखेती लगाएर कमाए

स्याङ्जा- वालिङ नगरपालिका-१ धरमपानीका कृष्णप्रसाद ढुंगानाले केराखेतीबाटै वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन्। उनले खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा गरेका छन्। ‘मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन्’, उनले भने।

स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। तीन वर्षअघि किसान ढुंगानाले व्यावसायिक रूपमा केराखेती थालेका छन्। व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका हुन्। उनको बगैँचामा स्थानीय र हाइब्रिड केरा फलेका छन्।

उद्यमी ढुंगानाले २० रोपनीमा केराखेती गर्दै आएका छन्। बगैँचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन्। उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन्।

प्रकाशित: १४ पुष २०८१ ७:२२ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast