जनकपुरले काठमाडौँलाई १०१ रनमा रोक्यो

हिमाल प्रेस २७ मंसिर २०८१ १४:३३ | Thursday, December 12, 2024
जनकपुरले काठमाडौँलाई १०१ रनमा रोक्यो

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजले जनकपुर रोयल्सविरुद्ध १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर १०१ रनको योगफल तयार गर्‍यो।

काठमाडौंका लागि जेरार्ड इरास्मसले २२ बलमा दुई चौकासहित २० रनको योगदान गरे। त्यस्तै कप्तान करण केसीले १९ रन बनाउँदा ओपनर स्टेफन इस्किनाजीले १७ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंलाई कम रनमा रोक्न ललित राजवंशीले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए। त्यस्तै मोहम्मद मोशिनले चार ओभरमा २० रन खर्चिँदै दुई विकेट हासिल गर्दा किशोर महत्तो, अरनिको यादव र शेर मल्लको नाममा एक विकेट रह्यो।

प्रकाशित: २७ मंसिर २०८१ १४:३३ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast