काठमाडौँ- जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जितेकोमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय बिदा दिइएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित: ७ पुष २०८१ ८:४६ | Sunday, December 22, 2024
प्रतिक्रिया




