काठमाडौँ- अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्या डिसेम्बर ३१ मा तीन सांगीतिक ब्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वपकाे कन्सर्ट हुने भएकाे छ।
गैरीधारास्थित सिल्भर ओएक्समा भइरहेको ‘चिल म्युजिक फेस्ट’ अन्तर्गत यी तीन व्याण्ड गुञ्जिन लागेका हुन्। म्युजिक फेस्ट पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)को प्रस्तुतिमा चलिरहेकाे छ।
पीभीई नेटवर्ककाअनुसार गैरीधारामा यी व्याण्डले साँझ ७ बजेदेखि सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रममा ब्याण्डहरुको सांगीतिक विविधता, परिकार र जलपानसँगै नयाँ वर्षको विशेष उत्सव हुनेछ। कार्यक्रममा सहभागी हुन खल्ती एपमार्फत टिकट लिन सकिनेछ।
यी तीन व्याण्डले ‘चिल म्युजिक फेस्ट’ अन्तर्गत झापा र बुटवलको तिलोतमामा कन्सर्ट गरिसकेका छन्।
प्रकाशित: १४ पुष २०८१ १४:०३ | Sunday, December 29, 2024
प्रतिक्रिया




