चितवनले दियो जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक

हिमाल प्रेस २९ मंसिर २०८१ १४:३६ | Saturday, December 14, 2024
चितवनले दियो जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य, कुशल मल्लको अर्धशतक

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान कशुल मल्लको ७२ रन मद्दतमा ५ विकेट गुमाएर १८० रन बनाएको हो। मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे।

रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन जोडे। बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए।

ललितले ४ ओभरमा २ ओभर मेडन राखेर जम्मा ११ रन खर्चिए। मल्ल र रवि बोपाराले चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए।

चौथो विकेटका लागि एनपीएलमा भएको यो दोस्रो शतकीय साझेदारी हो भने चौथो विकेटका लागि उच्च साझेदारी हो।

यसअघि लुम्बिनीका रोहित पौडेल र टम मुर्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए।

जनकपुर बोल्ट्सले लक्ष्य पछ्याउँदै छ।

आज बिहान भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो।

 

प्रकाशित: २९ मंसिर २०८१ १४:३६ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast