चर्चित बन्दै ‘कार्साङ’ काे गीत ‘सात भञ्ज्याङ’

हिमाल प्रेस १४ पुष २०८१ १२:३३ | Sunday, December 29, 2024
चर्चित बन्दै ‘कार्साङ’ काे गीत ‘सात भञ्ज्याङ’

काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’ मा समावेश ‘सात भञ्ज्याङ’ बोलको गीत सार्वजनिक भएको छ। डीपी खनालको शब्द रहेको गीतमा एसडी योडी र रेश्मा पुन मगरको स्वर छ। गीतमा एसडी योगील नै संगीत भरेका छन्।

भिडियोमा वेषभूषा र नृत्यमार्फत पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको संस्कृतिलाई झल्काइएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र सिर्जना निङलेखुको प्रेम देखाइएको छ। साथै धानको बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ।

शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्मका निर्देशक यम शेर्पा हुन्। फिल्ममा अन्य कलाकार जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतको अभिनय छ। फिल्म यही पुस २६ मा प्रदर्शन हुनेछ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्।

यस्ताे छ गीत 

प्रकाशित: १४ पुष २०८१ १२:३३ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast