ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालनमा

हिमाल प्रेस ८ पुष २०८१ १९:०० | Monday, December 23, 2024
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालनमा

काठमाडौँ- ग्लोबल आइएमई बैंकले आफूले ऋण लगानी गरेको लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्न ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ।

‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ नारालाई आत्मसाथ गर्दै हाट बजार सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यो कार्यक्रमअन्तर्गत बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन हुने बैंकले जानकारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाटबजारको उद्घाटन गरेका छन्।

रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाटबजारको प्रमुख उद्देश्य रहेको बताए।

उनले हाटबजारमा विषादीरहीत कृषि उपज, रैथाने बाली, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरूवालगातका सामग्रीहरू प्रदर्शनीमा राखिने जानकारी दिए।

आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

प्रकाशित: ८ पुष २०८१ १९:०० | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast