ग्रीसमा डुंगा दुर्घटनामा चारजना पाकिस्तानीको मृत्यु

हिमाल प्रेस २ पुष २०८१ १७:३२ | Tuesday, December 17, 2024
ग्रीसमा डुंगा दुर्घटनामा चारजना पाकिस्तानीको मृत्यु

इस्लामावाद- दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार डुंगा दुर्घटना हुँदा चारजना पाकिस्तानी नागरिकको मृत्यु भएको छ।

पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचको भनाइमा डुंगा दुर्घटनामा चारजना पाकिस्तानी नागरिकको मृत्यु भएको हो।

उनीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ,‘हामी गहिरो दुःखका साथ घोषणा गर्दछौं कि ग्रीस अधिकारीहरूले साझा गरेको पछिल्लो जानकारी अनुसार ग्रीसको क्रेट टापुको दक्षिणमा शनिबार भएको डुंगा पल्टिने घटनाहरूमा चारजना पाकिस्तानी नागरिकको मृत्यु भएको छ। जीवित व्यक्तिहरूलाई सहयोग गर्न ग्रीस अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ।’

यसअघि पाकिस्तानी विदेश मन्त्रालयले ग्रीसको तटमा डुंगा पल्टिएको स्थानबाट ४७ जना पाकिस्तानी नागरिकको उद्धार गरेको पुष्टि गरेको थियो।

प्रकाशित: २ पुष २०८१ १७:३२ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast