 स्वास्थ्य मन्त्रालय
                             स्वास्थ्य मन्त्रालय 
                                            काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा सुरू गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनताको गुनासो सुन्न र त्यसको सुनुवाइ गर्न मन्त्रीस्तरीय निर्णय गरेर हेल्लो हेल्थ सुरु गरेको बताएका छन्।
‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौँ। तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला,’ मन्त्री पौडेलले भनेका छन्।
यसका लागि भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ मन्त्रालयको फेसबुक पेजमा गुनासाहरू पठाउन सकिने मन्त्रालयले जनाएको छ। यसका अलावा १११५ नम्बरमा फोन गरेर पनि आफ्ना गुनासा राख्न सकिने छ।
                            प्रकाशित: २४ मंसिर  २०८१ १६:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 