गायिका समीक्षा अधिकारीले दिइन् चरित्रहत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी

हिमाल प्रेस ७ पुष २०८१ ६:४८ | Sunday, December 22, 2024
गायिका समीक्षा अधिकारीले दिइन् चरित्रहत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी

काठमाडौँ- गायिका समीक्षा अधिकारीको चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छन्। उनले आफ्नो भिडियो बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको गायिका अधिकारीले बताएकी छन्।

गायिका अधिकारीले साइबर ब्युरोमा दिएको निवेदन पनि सार्वजनिक गरेकी छन्। ‘मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध आज साइबर ब्युरोमा निवेदन दिएकी छु। मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्नेगरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, अधिकारीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु।’

साथै समीक्षाले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने क्रियाकलाप नगर्न सम्बन्धि पक्षलाई अनुरोध पनि गरेकी छन्।

प्रकाशित: ७ पुष २०८१ ६:४८ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast