गाजामा कम्तीमा १७ हजार ४९२ बालबालिकाको मृत्यु : संयुक्त राष्ट्रसंघ

हिमाल प्रेस १४ पुष २०८१ २१:२८ | Sunday, December 29, 2024
गाजामा कम्तीमा १७ हजार ४९२ बालबालिकाको मृत्यु  : संयुक्त राष्ट्रसंघ फाइल तस्बिर

काठमाडौँ- संयुक्त राष्ट्र संघले आफ्नो प्रतिवेदनमा विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने तथा ४७ करोड २० लाख द्वन्द्व र हिंसाका कारण विस्थापित भएको बताएको छ।

शनिबार जारी गरिएको अध्ययनमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडान जस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वलाई प्रकाश पार्दै विश्व दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ।

गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौं बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ।

रिपोर्टका अनुसार इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वका कारण गत १५ महिनामा गाजामा कम्तीमा १७ हजार ४९२ बालबालिकाको मृत्यु भएको छ।

यसैबीच, युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि रेकर्डमा सबैभन्दा नराम्रो वर्ष हुने बताए।– रासस

प्रकाशित: १४ पुष २०८१ २१:२८ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast