खुल्यो मलेसियाको रोजगारी, करिब १८ सय मागपत्र प्रमाणीकरण

हिमाल प्रेस २७ मंसिर २०८१ १०:४४ | Thursday, December 12, 2024
12
SHARES
खुल्यो मलेसियाको रोजगारी, करिब १८ सय मागपत्र प्रमाणीकरण

काठमाडौँ- गत मार्चदेखि महिनादेखि बन्द मलेसियाको रोजगारी खुलेको छ। मलेसियास्थित नेपाली दूतावासले प्लान्टेसनलगायतका विभिन्न क्षेत्रका लागि १ हजार ७ सय ८० माग पत्र प्रमाणीकरण गरेको छ।

मागपत्र प्रमाणीकरण भएसँगै मलेसिायाको रोजगारी खुलेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।

मलेसियाले मार्च महिनादेखि रोकिएको आप्रवासी कामदार पठाउने प्रक्रिया सुरु भएको छ। तर, अहिले सीमित क्षेत्रमा मात्रै रोजगारी खुलाइएको अध्यक्ष भण्डारी बताउँछन्।

उनका अनुसार विशेष कोटामार्फत मात्र कामदारको माग भइरहेको छ। मलेसियाका रोजगारदाताले आवश्यक कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेस गरेका छन्।

‘दूतावास मागपत्र प्रमाणीकरण भएपछि वैदेशिक रोजगार विभागले प्रक्रिया हुन्छ। विभागले पनि श्रम स्वीकृति सुरु गर्नेछ। अब मलेसिया कामदार पठाउन तयारीमा म्यानपावर छन्’ उनले भने।

२०८१ जेठ १८ गतेदेखि लागु भएको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुलेका संघले जनाएको छ।

मलेसियाको नियमअनुसार देशभित्र १५ प्रतिशत मात्र विदेशी कामदार राख्न पाइने व्यवस्था छ। यो सीमा पूरा भएपछि सरकारले कामदार लिन रोक लगाएको थियो। मलेसियाले विदेशी कामदार व्यवस्थापन गर्ने भन्दै गत मार्चदेखि नेपालीसहित बंगली कामदार भित्र्याउन रोक लगाएको थियो। हाल मलेसियामा साढे पाँच लाख नेपाली कामदार कार्यरत छन्।

प्रकाशित: २७ मंसिर २०८१ १०:४४ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast