 
                             
                                            जाग्रेब (रासस/एपी)– क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको र एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९:५० बजे प्रेच्को एलिमेन्टरी स्कुलमा भएको हो। आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय मिडियाका अनुसार आक्रमणकारी १९ वर्षका हुन्। क्रोएसियाली मिडियाले प्रकाशित गरेको भिडियो फुटेजमा बालबालिकाहरू स्कुलको भवनबाट भागेको र मेडिकल हेलिकप्टर स्कुलको आँगनमा अवतरण गरेको देखाइएको छ।
प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले सरकारी बैठकको सुरुआतमा आक्रमणबाट ‘स्तब्ध’ भएको बता बताएका छन्। सम्बन्धित निकायले घटनाको अनुसन्धान गरिरहेको उनले बताए।
                            प्रकाशित: ५ पुष  २०८१ १८:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 