क्यान्सर जितेर स्वदेश फर्किदै धवल शमशेर

हिमाल प्रेस १३ पुष २०८१ १४:१९ | Saturday, December 28, 2024
क्यान्सर जितेर स्वदेश फर्किदै धवल शमशेर

काठमाडौँ- भारतमा ३ महिना लामो उपचार सकेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवल शमशेर राणा स्वदेश फर्किदैछन्।

भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने भएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस्।’

प्रकाशित: १३ पुष २०८१ १४:१९ | Saturday, December 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast