कृष्णभीर दुर्घटनाग्रस्त बुलेटका चालक र सहचालक नै फरार

हिमाल प्रेस २३ मंसिर २०८१ ११:३२ | Sunday, December 8, 2024
कृष्णभीर दुर्घटनाग्रस्त बुलेटका चालक र सहचालक नै फरार

काठमाडौँ- चितवनबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ।

पृथ्वी राजामार्गअन्तर्गत धादिङको बेनिबाट रोराङ नगरपालिका-७ स्थित कृष्णभीरमा आइतबार बिहान ८ बजेतिर ग्यास बुलेट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

धादिङ प्रहरीका अनुसार दुर्घटनास्थलमा घाइते नभेटिए पनि चालक र सहचालकको अवस्था भने अज्ञात रहेको छ। चालक भारतीय नागरिक रहेको खुलेको छ। बुलेटको आधा भाग नदीमा र आधी भाग भीरमा अड्किएको अवस्थामा छ।

अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८१ ११:३२ | Sunday, December 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast