कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ चैत २९ मा प्रदर्शन

हिमाल प्रेस ५ पुष २०८१ ११:०१ | Friday, December 20, 2024
कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ चैत २९ मा प्रदर्शन

काठमाडौँ- कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ आगामी चैत २९ मा प्रदर्शन हुने भएको छ।

निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै चैत २९ लाई प्रदर्शन मिति तोकेका हुन्। फिल्म नयाँ वर्षको अवसरमा प्रदर्शन हुन लागेको हो। ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन्।

पोस्टरमा फिल्मका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई क्यारेक्टर लुक्समा छन्।

प्रदीपको अनुहार रगताम्मे छ। उनी प्रमुख स्थानमा छन्। सौगात आक्रामक शैलीमा बन्दुक चलाइरहेका देखिन्छन्। त्यस्तै दयाहाङको अनुहारमा भने रिस देखिन्छ। सार्वजनिक पोस्टरले फिल्म एक्सनप्रधान रहेको प्रष्ट पारेको छ।

स्टार कलाकारले भरिएको फिल्ममा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारीलगायत कलाकारको अभिनय छ। चलचित्रमा अर्नव घिमिरे र  प्रयुश दत्त सुवेदीले बालकलाकारका रूपमा रहेका छन्।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन्।

प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशनमा बनेको छ। फिल्मका निर्माता विशाल चौलागाई हुन्। टिमले फिल्मको बजेट ५ करोड अनुमान गरेको छ।

प्रकाशित: ५ पुष २०८१ ११:०१ | Friday, December 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast