कुञ्ज थिएटरमा मञ्चनरत नाटक ‘कोही किन बरबाद होस्’

हिमाल प्रेस ९ पुष २०८१ ११:१७ | Tuesday, December 24, 2024
कुञ्ज थिएटरमा मञ्चनरत नाटक ‘कोही किन बरबाद होस्’

काठमाडौँ- नयाँ बानेश्वरको थापागाउँस्थित शिल्पशाला कुञ्ज नाटकघरमा पुस ८ देखि नाटक ‘कोही किन बरबाद होस्’ मञ्चन भइरहेकाे छ। नाटककार विजय मल्लकाे नाटक ‘कोही किन बरबाद होस्’मा आधारित छ।

नाटक सद्भाव थिएटरको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियान अन्तर्गत पिक प्वाइन्ट एडुकेशन नेटवर्कको सहकार्यमा मञ्चन गरिएको हो। विद्यार्थीहरूलाई पाठ्यपुस्तक ज्ञानभन्दा पर व्यावहारिक शिक्षा र नैतिक मूल्यबारे जागरुक गराउने अभियानको उद्देश्य रहेको थिएटरले जनाएको छ।

नाटक रंगकर्मी राम के.ए.सी.ले निर्देशन गरेका हुन्। नाटकले व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा बालमनोविज्ञानको भूमिका कस्तो रहन्छ भन्ने विषय उठाएको छ।

पुस १० सम्म चल्ने नाटककाे बिहान ११ बजे र दिउँसो १ बजेको गरी दुई सो राखिएको छ। नाटकमा पिक प्वाइन्ट एडुकेशन नेटवर्कका विद्यार्थीले अभिनय गरेका छन्।

मञ्चमा कलाकार यमलाल गोले, सलिम श्रेष्ठ, सेसेमी इजम, समर श्रेष्ठ, आशिष सापकोटा, आइरिस श्रेष्ठ, सामना थापा, अनिशा लामा, आशा श्रेष्ठ, अरूणा श्रेष्ठ, आशिका भण्डारी, मनिषा तामाङ, सिम्रीका गुरुङ, ऋतु अधिकारी र मेलिना गौतम छन्।

पिक प्वाइन्टका संस्थापक र प्रिन्सिपल विनय श्रेष्ठका अनुसार नाटकले मनोरञ्जन मात्र होइन, दर्शकहरूलाई समाजमा जिम्मेवार भूमिका निर्वाह गर्न पनि प्रेरित गर्ने अपेक्षा राखेको छ।

सद्भाव थिएटरले यसअघि गत साता पुस ३ देखि ६ गतेसम्म ‘यशस्वी भवः’ मञ्चन गरेको थियो। उक्त नाटक पनि राम केएसीले नै निर्देशन गरेका थिए।

प्रकाशित: ९ पुष २०८१ ११:१७ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast