प्रकाशमान सिंह
काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले नेपाली कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश प्रवाह भएको बताएका छन्। कीर्तिपुरमा आज (बुधबार) आयोजित सभामा उनले कीर्तिपुरले राजनीतिक रूपमा देशलाई नै सन्देश दिएको बताएका हुन्।
‘नगर प्रमुख र दुई वटा वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ,’ उनले भने।
कांग्रेसका पूर्वमहामन्त्री सिंहले कीर्तिपुरमा प्रमुखका लागि ११ जना रहे पनि पार्टीले उम्मेदवारको निर्णय गरेपछि सबै एकताबद्ध भएर लाग्दा परिणाम पार्टीका पक्षमा आएको भन्दै कांग्रेस एकताबद्ध भए नतिजा राम्रो आउँछ भन्ने कीर्तिपुर मोडल नै स्थापित भएको उनको भनाइ थियो।
प्रकाशित: १९ मंसिर २०८१ २१:४० | Wednesday, December 4, 2024
प्रतिक्रिया




