कीर्तिपुरको उपनिर्वाचन : उम्मेदवारीमा चुकेको रास्वपा र लज्जास्पद मत ल्याएका एस, जनमत र जसपा

हिमाल प्रेस १८ मंसिर २०८१ ७:१३ | Tuesday, December 3, 2024
कीर्तिपुरको उपनिर्वाचन : उम्मेदवारीमा चुकेको रास्वपा र लज्जास्पद मत ल्याएका एस, जनमत र जसपा

काठमाडौँ- कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गर्दा माओवादी केन्द्र दोस्रो बनेको छ। कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गर्दा माओवादीका शिवशरण महर्जनले ४५५५ मत पाए। यो मतले माओवादीमा उल्लास फैलिएको छ।

त्यस्तै नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४३३७ पाए। जित्ने दाबी गर्ने एमाले भने तेस्रोमा खुम्चिएको छ।  स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत ल्याए। उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समर्थन पाएका थिए। स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १३१४ मत र दिनेशकुमार अधिकारीले १०४८ मत पाएका हुन्।

राप्रपाका ध्रुव महर्जनले ९९५ मत ल्याए। एकीकृत समाजवादीका भानु रिजालले ५२ मत ल्याए। बाबुराम भट्टराई नेतृत्वको नेसपा नयाँ शक्ति पार्टीले ५१ मत ल्याए। जनमत पार्टीले २९, जसपा नेपालले २७ पाए। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार उठाएको थिएन।

प्रकाशित: १८ मंसिर २०८१ ७:१३ | Tuesday, December 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast