कालिमाटी घट्यो आलु र प्याजको मूल्य, बढ्यो च्याउ

हिमाल प्रेस ४ पुष २०८१ ९:२७ | Thursday, December 19, 2024
कालिमाटी घट्यो आलु र प्याजको मूल्य, बढ्यो च्याउ सांकेतिक तस्बिर

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज आलु, प्याजसहितका केही तरकारीको मूल्य थोरै घटेको छ भने च्याउ महँगिएको छ। तर, धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी मुला ५ भने महँगो तरकारी कुरिलो छ। मुला प्रतिकिलो २७ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ।

कालिमाटीमा आज ठूलो गोलभेँडा ९५, सानो गोलभेँडा ५५, रातो आलु ५७, सेतो आलु ५१, सुकेको भारतीय प्याज ७६ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी भिन्डी १३५, तने बोडी १२५, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो ११००, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो रातो आलु ६३, सेतो आलु ५५, सुकेको भारतीय प्याज ८७, तराईको बन्दा ४५, तराइको काउली ९५, सेतो र रातो मुला ३७, लाम्चो भन्टा ७५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी हिजो कालीमाटीमा आज करेला १०५, लौका ९५, परबल ६५, पाकेको र हरियो दुवैखाले फर्सी ५५, स्कुस ३०, रायोको साग ३०, चमसुर र पालुंगोको साग ९५, हरियो प्याज ८५, कन्य च्याउ १६६, डल्ले च्याउ २७६, कुरिलो ११०० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ४ पुष २०८१ ९:२७ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast