कालिमाटीमा घट्यो च्याउ, गोलभेँडा, फर्सीको मूल्य

हिमाल प्रेस १४ पुष २०८१ ८:३९ | Sunday, December 29, 2024
कालिमाटीमा घट्यो च्याउ, गोलभेँडा, फर्सीको मूल्य

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (आइतबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। केही तरकारी भने महँगिएका छन् भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज च्याउ, गोलभेँडा, फर्सी, काउली, सागसहितका तरकारीको मूल्य घटेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ३५, रातो आलु ५६, सेतो आलु ४१, भारतीय सुकेको प्याज ६६, गाँजर १४०, तराईको बन्दा २७, तराईको काउली २५, सेतो मुला ३० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा ५५, मकै बोडी ६५, करेला १०५, तराईको परबल १०५, पाकेको फर्सी ५५, हरियो फर्सी २५, भिन्डी १०५, स्कुस ३०, रायोको साग २५, पालुंगो र चम्सुरको साग ९५, कन्य च्याउ १११, डल्ले च्याउ २७६, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

प्रकाशित: १४ पुष २०८१ ८:३९ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast