कालिमाटीमा घट्यो आलु र गोलभेँडाको मूल्य

हिमाल प्रेस ६ पुष २०८१ ८:५९ | Saturday, December 21, 2024
कालिमाटीमा घट्यो आलु र गोलभेँडाको मूल्य

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शनिबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज आलु, प्याज, कन्य च्याउ, गोलभेँडा सहितका केही तरकारीको मूल्य थोरै घटेको छ धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज सबैभन्दा सस्तो तरकारी रायोको साग र स्कुस ।
कालिमाटीमा आज सानो लोकल गोलभेँडाको न्यूनतम मूल्य ५० देखि ठूलो भारतीय गालभेँडाको न्यूनतम मूल्य ९० रुपैयाँ सम्म छ।

त्यसैगरी रातो आलु ५५, सेतो आलु ५०, तराईको बन्दा ४०, भारतीय लोकल प्याज ७०, स्थानीय काउली ६०, लाम्चो भन्टा ६० रुपैयाँ प्रतिकिलो छ। त्यसैगरी स्कुस २५, रायोको साग २५, कन्य च्याउ १४०, डल्ले च्याउ ३२० रुपैयाँ छ। थोकमा किनबेच भइरहेको यो सबै न्यूनतम मूल्य ओ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो नेपाली गोलभेँडा ५५, रातो आलु ५७, सेतो आलु ५१, भारतीय सुकेको प्याज ७२, गाँजर ९५, तराईको बन्दा ४५, स्थानीय काउली ७५, रातो र सेतो दुवैखाले मुला ३५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी लाम्चो भन्टा ६५, तने बोडी १२५, करेला ११५, पाकेको फर्सी ५५, भिन्डी १५५, स्कुस ३०, रायोको साग २५, पालुंगोको साग ७५, कन्य च्याउ १५७, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो थियो। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य थियो।

प्रकाशित: ६ पुष २०८१ ८:५९ | Saturday, December 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast