कालिमाटीमा कति छ आज तरकारीको भाउ?

हिमाल प्रेस ९ पुष २०८१ ९:१३ | Tuesday, December 24, 2024
कालिमाटीमा कति छ आज तरकारीको भाउ?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आलु, गोलभेँडा, प्याज, काउली, साग लगायतका तरकारीको मूल्य थोरै घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज सबैभन्दा सस्तो तरकारी रायोको साग भने महँगो तरकारी डल्ले च्याउ छ। रायोको साग प्रतिकिलो २५ रुपैयाँमा किनबेच भइरहँदा डल्ले च्याउको मूल्य किलोको ३२६ रुपैयाँ छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो नेपाली गोलभेँडा ५५, भारतीय रातो आलु ४७, सेतो आलु ४१, सुकेको भारतीय प्याज ६७, तराईको बन्दा ४०, तराईको काउली ४५, हरियो फर्सी ३५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी भिन्डी १३०, स्कुस ३०, रायोको साग २५, चम्सुरको साग ५८, कन्य च्याउ १५३, डल्ले च्याउ ३२६, ब्रोकाउली ७५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो नेपाली गोलभेँडा ५५, रातो आलु ५७, सेतो आलु ५१, सुकेको भारतीय प्याज ६७, तराईको बन्दा ४५, स्थानीय काउली ६५, तराईको काउली ४५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी रातो मुला ३५, सेतो मुला ४७, करेला र लौका ९५, हरियो फर्सी ३५, स्कुस ३०, रायोको साग ३५, चमसुरको साग ८५, कन्य च्याउ १४६, डल्ले च्याउ ४१०, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो थियो।

 

प्रकाशित: ९ पुष २०८१ ९:१३ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast