काठमाडौँ- कालिकोटमा आज पनि भूकम्प गएको छ। कालीकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान पाँच बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो। शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको केन्द्रले जनाएको छ।
प्रकाशित: १४ पुष २०८१ ९:४९ | Sunday, December 29, 2024
प्रतिक्रिया




