कार्टरप्रति श्रद्धाञ्जलीका लागि अमेरिकी दूतावासमा तीन दिन शोकपुस्तिका राखिने

हिमाल प्रेस १६ पुष २०८१ १३:३७ | Tuesday, December 31, 2024
कार्टरप्रति श्रद्धाञ्जलीका लागि अमेरिकी दूतावासमा तीन दिन शोकपुस्तिका राखिने तस्बिर साभार : कार्टर सेन्टर

काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहनेका लागि काठमाडौँस्थित दूतावासमा शोकपुस्तिका राखिएको छ। दूतावासले मंगलबार विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गर्न चाहने व्यक्तिहरूलाई दूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रण गरेको हो।

दूतावासका अनुसार शुक्रबार, सोमबार र मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शोकपुस्तिकामा हस्ताक्षर गर्न पाइनेछ। अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा आइतबार निधन भएको थियो।

अमेरिकी दूतावासले दूरदृष्टि, करुणा र अटुट समर्पणले भरिपूर्ण, राष्ट्रपति कार्टरले एक नेता, राजनेता, र मानवतावादीका रूपमा अमिट छाप छाडेको उल्लेख गरेको छ। साथै दूतावासले राष्ट्रपति कार्टरको नेपाल भ्रमणले नेपालको लोकतान्त्रिक यात्रामा सहयोग गर्दै र दुई राष्ट्रबीचको मित्रताको सम्बन्धलाई बलियो बनाउँदै स्थायी प्रभाव छोडेको स्मरण गरेको छ।

प्रकाशित: १६ पुष २०८१ १३:३७ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast