कानुन सबैलाई बराबर हुनुपर्छ : महामन्त्री थापा

हिमाल प्रेस १६ पुष २०८१ २१:०९ | Tuesday, December 31, 2024
कानुन सबैलाई बराबर हुनुपर्छ : महामन्त्री थापा कांग्रेस महामन्त्री गगन थापा

मकवानपुर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जोसंलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताएका छन्।

कांग्रेस मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवसलाई २०८१ लाई सम्बोधन गर्दै उनले गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

बीपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै महामन्त्री थापाले पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए। उनले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बीपीलाई सम्झिने हो भने अन्याय हुने बताए।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले मेलमेलाप दिवसको अवसरमा सबै नेता तथा कार्यकर्तालाई पार्टीलाई बलियो बनाउन संगठित भएर अघि बढ्न निर्देशन दिए।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

प्रकाशित: १६ पुष २०८१ २१:०९ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast