काठमाडौँमा यसवर्ष पहिलो पटक हिउँदे वर्षा, बढ्यो चिसो

हिमाल प्रेस १० पुष २०८१ ६:३२ | Wednesday, December 25, 2024
काठमाडौँमा यसवर्ष पहिलो पटक हिउँदे वर्षा, बढ्यो चिसो

काठमाडौँ- बुधबार रातिको वर्षाले काठमाडौँसहित देशको पश्चिमी भूभागमा चिसो बढाएको छ। हिउँद लागेपछि परेको पानीले हिमालमा हिउँ बाक्लिएको छ भने तराईमा हुस्सु बढेको छ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण मंगलबार बिहानदेखि रातिसम्म देशका विभिन्न भागमा वर्षा भएको हो। काठमाडौँ उपत्यकामा पनि गएराति यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भएको छ। वर्षा र हिमपातसँगै चिसो थप बढेको छ ।

आजदेखि भने मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ । तर, तत्काल पानी पर्ने सम्भावना भने छैन ।

बिहीबारसम्म मौसम खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

प्रकाशित: १० पुष २०८१ ६:३२ | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast