काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम?

हिमाल प्रेस २६ मंसिर २०८१ ६:३१ | Wednesday, December 11, 2024
काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम? काठमाडौँ उपत्यका। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसम विभागले जनाएको छ। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने छ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

प्रकाशित: २६ मंसिर २०८१ ६:३१ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast