 
                             
                                            काठमाडौँ- प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ।
बैठक आगामी सोमबार बिहान ९ सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक डाकेको हो।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ गते बेइजिङ प्रस्थान गरेका थिए। ओली बिहीबार स्वदेश फर्किएका थिए।
                            प्रकाशित: २१ मंसिर  २०८१ १३:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 