‘कांग्रेस-एमालेले कार्यदल बनाएर संविधान संशोधनको काम सुरु हुन्छ’

हिमाल प्रेस ९ पुष २०८१ १४:२७ | Tuesday, December 24, 2024
‘कांग्रेस-एमालेले कार्यदल बनाएर संविधान संशोधनको काम सुरु हुन्छ’ गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन्।  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औं वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको भन्दै छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताएका हुन्। उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गरे।

संविधानको समिक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए। गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केहि समय लाग्ने धारणा राखे। उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिवद्धता जनाए।

लेखकले संविधानको भावना अनुसारको कानून बन्न नसकेकाले दलित समूदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गर्नुभयो । दलित समूदायको अधिकार स्थापीत गर्नका लागि थप कानुन निर्माण गर्ने उनको भनाइ छ।

प्रकाशित: ९ पुष २०८१ १४:२७ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast