कसैको स्वार्थमा जलसम्पदा प्रयोग हुन नदिन बहस र साझा धारणा आवश्यक छ : थापा

हिमाल प्रेस २९ मंसिर २०८१ ८:१४ | Saturday, December 14, 2024
कसैको स्वार्थमा जलसम्पदा प्रयोग हुन नदिन बहस र साझा धारणा आवश्यक छ : थापा कमल थापा। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जलस्रोतको विषयमा सबै दलले साझा धारणा बनाउनुपर्ने बताएका छन्।

शुक्रबार राप्रपाद्वारा आयोजित ‘नेपालमा जलस्रोतको चुनौती र समाधान’ विषयक अन्तर्क्रियामा थापाले कसैको स्वार्थमा नेपालको जलसम्पदा प्रयोग हुन नदिन पर्याप्त राष्ट्रिय बहस र साझा धारणा आवश्यक रहेको बताए।

पूर्वऊर्जामन्त्रीसमेत रहेका अध्यक्ष थापाले सम्पदाको समुचित सदुपयोग गर्न नीति बन्न नसक्दा सिँचाइको क्षेत्रलाई ओझेलमा पारिएको, राजनीतिक दलहरूबीच पनि यति महत्त्वपूर्ण विषयमा गम्भीर बहस हुन नसकेको बताए।

जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले जलस्रोत उपयोगका चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गर्दै राजनीतिकीकरणको चपेटामा पर्दा नेपालको जलस्रोत क्षेत्र तहसनहस भएको बताए।

प्रकाशित: २९ मंसिर २०८१ ८:१४ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast