कति पुग्यो प्रतितोला सुनचाँदीको मूल्य? यस्तो छ घटबढका कारण

हिमाल प्रेस २६ मंसिर २०८१ ११:१६ | Wednesday, December 11, 2024
कति पुग्यो प्रतितोला सुनचाँदीको मूल्य? यस्तो छ घटबढका कारण

काठमाडौँ- नेपाली बजारमा आज बुधबार (२६ मंसिर) सुनको मूल्य बढेको छ।

सोमबार प्रतितोला चार सय रुपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रुपैयाँ र बुधबार प्रतितोला दुई हजार रुपैयाँ गरी तीन दिनमा सुनको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

सुनको मूल्य घटबढका कारण

सुनको मूल्य घटबढका कारणमा अन्तर्राष्ट्रिय बजारमा माग र आपूर्ति भएको व्यवसायी बताउँछन्। सुनको माग बढ्दा मूल्य बढ्छ र माग घट्दा मूल्य घट्छ। डलर बलियो हुन्छ भने सुनको मूल्य कम हुन सक्छ र यदि डलर कमजोर हुन्छ भने सुनको मूल्य बढ्न सक्छ।

सुन व्यवसायीका अनुसासर बैंकहरूको ब्याजदर कम हुँदा लगानीकर्ताहरू सुनतिर आकर्षित हुन्छन् जसले मूल्य बढाउँछ। त्यस्तै ब्याजदर बढ्दा भने लगानी अन्य क्षेत्रतिर जान सक्छ र सुनको मूल्य घटाउँछ।

महामन्दी वा आर्थिक संकटले पनि सुनको मूल्यमा प्रभाव पार्छ। जब आर्थिक अस्थिरता हुन्छ मानिसहरू सुरक्षित लगानीका लागि सुन किन्छन्। यसले मूल्य बढाउँछ। स्थिर र बलियो आर्थिक अवस्थामा भने सुनको मूल्य कम हुन सक्छ।

युद्ध, राजनीतिक अशान्ति, वा अन्तर्राष्ट्रिय तनावले सुनमा लगानी बढाउने र जसले गर्दा मूल्य बढ्ने गरेको पाइन्छ। चाडपर्व, विवाह र अन्य विशेष अवसरहरूमा सुनको माग बढी हुने भएकाले मूल्य बढ्न सक्छ।

प्रकाशित: २६ मंसिर २०८१ ११:१६ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast