एम्नेस्टी नेपालको अध्यक्षमा बिपिन बुढाथोकी निर्वाचित

हिमाल प्रेस १ पुष २०८१ ११:१० | Monday, December 16, 2024
एम्नेस्टी नेपालको अध्यक्षमा बिपिन बुढाथोकी निर्वाचित एम्नेस्टी नेपालका अध्यक्ष बिपिन बुढाथोकी।

काठमाडौँ– एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा फेरि बिपिन बुढाथोकी निर्वाचित भएका छन्। गैँडाकोटमा सम्पन्न एम्नेस्टी नेपालको ३३औँ वार्षिक साधारणसभाले बुढाथोकीलाई निर्वाचित गरेको हो। बुढाथोकी सर्वसम्मत रूपमा एम्नेस्टी नेपालको दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएको एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिए।

संस्थाको कोषाध्यक्षमा होमबहादुर अधिकारी निर्वाचित भएका छन् भने अन्य बोर्ड सदस्यमा सचिता कुइँकेल, केशव पोखरेल, पूजा थापा, मौसम कार्की, एलिसा महत, मीना थापा, बैकुण्ठप्रसाद अर्याल, लोकेन्द्र सिंह र सुमन कुमार निर्वाचित भएका छन्।

साधारणसभाले संस्थाको पुनरावेदन समिति, प्रेपरेटोरी कमिटी र नोमिनेसन कमिटीमा संयोजक र सदस्यहरूको पनि चयन गरेको छ। सबै निर्वाचित पदाधिकारी र सदस्यहरूको कार्यकाल तीन वर्षको हुनेछ।

निर्देशक थपलियाले संस्थाभित्रको लोकतान्त्रिक विधि, प्रक्रिया र अभ्यासमा थप प्रगति हुँदै गएको र नयाँ नेतृत्व समावेशी प्रकृतिको भएको बताए। उनले भने, ‘एम्नेस्टी नेपालले पारदर्शी र लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो नयाँ नेतृत्वको चयन गरेको छ र यसले हाम्रो मानवअधिकार आन्दोलनको विविधतासँग मेल खाने खालको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ।’

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदनहरू, सन् २०२५ को वार्षिक मानवअधिकार कार्ययोजना र बजेट तथा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने सम्बन्धमा निर्णयहरू भएका छन्।

प्रकाशित: १ पुष २०८१ ११:१० | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast