 
                             
                                            इटहरी- नेकपा (एमाले) कोशी प्रदेशको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलको विधान, २०७७ को दफा ८ बमोजिम उनलाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो। लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाको मेयर थिए।
यसअघि प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि रिक्त रहेको पदमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन्।

                            प्रकाशित: १७ मंसिर  २०८१ २०:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 