एमएसएम भिडियोमा ‘अ प्लेस अन्डर द सन’ 

हिमाल प्रेस २८ मंसिर २०८१ १३:४५ | Friday, December 13, 2024
एमएसएम भिडियोमा ‘अ प्लेस अन्डर द सन’ 

काठमाडौँ- नेपाली ओटिटी प्लेटफममा फिल्म ‘अ प्लेस अन्डर द सन’ एमएसएम भिडियो मा सार्वजनिक भएको छ। यो फिल्म नेपालमा पहिलोपटक आइफोन १४ प्रो म्याक्सबाट छायांकन गरिएको हो।

निर्माण टिमले फिल्म शुक्रबार (आज) एमएसएम भिडियोमा सार्वजनिक गरेका हुन्। केहिसाता अघि उक्त फिल्म एमेजन प्राइम भिडियोमार्फत अमेरिका र क्यानाडामा रिलिज भएको थियो। केही महिनाअघि उपत्यकामा भएको प्रिमियरमा कमेडीमिश्रित कथावस्तु र छायांकन पक्षमा प्रशंसा पाएको थियो।

फिल्मले बाल्यकाल देखिका तीन घनिष्ट मित्रको कथालाई चित्रण गरेको छ। उनीहरुको जीवनमा अर्को व्यक्तिको प्रवेशपछि जीवनमा आइपर्ने उतारचढावलाई फिल्मको कथावस्तु बनाइएको छ। फिल्मका लेखक तथा निर्देशक जेसन लोप्चन हुन्।

प्रबिन लिम्बुले छायांकन गरेको फिल्ममा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लप गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ, प्रवेश महतरालगायत कलाकारको अभिनय छ। निर्देशक लोप्चनले नै सम्पादन गरेको फिल्म काठमाडौँ र चितवनका विभिन्न ठाउँमा छायांकन गरिएको छ।

एमएसएम भिडियोमा ‘बेहुली फ्रम मेघौली’, ‘फर्की’ फर्की’, ‘खुश्मा’, ‘अगस्त्य’लगायत फिल्म चलिरहेको छ।

यस्तो छ फिल्मको ट्रेलर

 

प्रकाशित: २८ मंसिर २०८१ १३:४५ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast