एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

हिमाल प्रेस १ पुष २०८१ १७:१८ | Monday, December 16, 2024
एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

काठमाडौँ- एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रमसँग आइसीटी अवार्डसँग सहकार्य गरेको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरूको सम्मान गर्ने यो विशेष कार्यक्रम हो।

योसँगै आईसीटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सर्पोटेड बाई पार्टनरको रूपमा आवद्ध भएको एनसेलले जनाएको छ।

सहकार्यको उद्देश्य आईसीटीमा भएका विकासलाई सम्मान गर्दै यसको प्रवद्र्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरूलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको एनसेलको भनाइ छ।

नवौँ संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०८१ सपोर्टेडबाइ एनसेल फाउन्डेसन’ को ग्रान्ड फिनाले आगामी पुस ५ गते काठमाडौँमा आयोजना हुँदैछ।

कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पु¥याएका विभिन्न संघ संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आईसीटी अवार्ड प्रदान गरिनेछ।

‘हामी आफैँ पनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आइरहेको संस्था हो। डिजिटल रूपान्तरका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौँ,’ एनसेलकी कर्पेरिट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्।

सूचना प्रविधि क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन एनसेलले विगत चार वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ।

यो वर्ष पनि एनसेल फाउन्डेनसले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका महिलाहरूको सम्मान आईसीटी अवार्डसँग मिलेर तीन लाख रूपैयाँसहित उक्त सम्मान गर्नेछ।

एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यहरू, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरू अगाडि बढाएको छ।

प्रकाशित: १ पुष २०८१ १७:१८ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast