काठमाडौँ- टियू मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ।
टस जितेर चितवन राइनोजले काठमान्डुलाई पहिला ब्याटिङको निम्तो दिएको थियो।
खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गर्दै ५ विकेट लिए। चार ओभरमा २१ रन खर्चेर ५ विकेट लिए।
काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन्। चितवन राइनोजको कप्तान कुशल मल्ल हुन्।
प्रकाशित: १७ मंसिर २०८१ १०:५४ | Monday, December 2, 2024
प्रतिक्रिया




