काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
टीयू क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो।
जारी एनपीएलमा लुम्बिनीको यो अन्तिम खेल हो। यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थियो।
कर्णाली याक्सको यो छैटौँ खेल हो। यसअघिका पाँचमध्ये तीनमा यो टोली विजयी भएको छ।
प्रकाशित: २८ मंसिर २०८१ ९:१० | Friday, December 13, 2024
प्रतिक्रिया




