काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।
टीयू मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजको सामना गर्दैछ। प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ।
दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ। तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जिवित राख्न आजको खेल महत्वपूर्ण हुनेछ। उसको यो अन्तिम खेल पनि हो।
यद्यपि लिगमा बलियो सावित जनकपुर उसका लागि कम चुनौतिपूर्ण हुने छैन। चितवनले अघिल्ला खेलहरूमा फराकिलो जित पनि निकालेको छ।
प्रकाशित: २९ मंसिर २०८१ ७:१५ | Saturday, December 14, 2024
प्रतिक्रिया




