एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली बन्यो जनकपुर

हिमाल प्रेस २७ मंसिर २०८१ १६:०३ | Thursday, December 12, 2024
एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली बन्यो जनकपुर

काठमाडौँ- जनकपुर बोल्टस् जारी नेपाल प्रिमियर लिगको प्लेअफ पुगेको छ। आज बिहीबार काठमान्डु गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो। जनकपुरले ५ विकेट गुमाउँदै १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा गर्‍यो। एक खेलमा मात्रै पराजित जनकपुरले अन्तिम खेल अघि नै प्लेअफमा स्थान सुरक्षित बनाएको हो।

जितसँगै जनकपुर सुदूरपश्चिम रोयल्सलाई उछिन्दै अंकतालिकाको शीर्ष स्थानमासमेत उक्लिएको छ। आफ्नो अन्तिम खेलमा विजयी प्राप्त गरे जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाउनेछ। हारले काठमाडौँलाई कठीन मोडमा ल्याएको छ। काठमाडौँले दुई खेल खेल्न बाँकी छ। काठमाडौँले प्लेअफ पुग्न दुवै खेल जित्न पर्नेछ नै, पोखरा, चितवन र कर्णालीको नतिजामा पनि भर गर्नु पर्नेछ।

प्रकाशित: २७ मंसिर २०८१ १६:०३ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast