एनपीएलको पहिलो क्वालिफायर खेल आज : जनकपुर र सुदूरपश्चिममा को पुग्ला फाइनलमा?

हिमाल प्रेस ३ पुष २०८१ ७:०३ | Wednesday, December 18, 2024
एनपीएलको पहिलो क्वालिफायर खेल आज : जनकपुर र सुदूरपश्चिममा को पुग्ला फाइनलमा?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पहिलो क्वालिफायर खेल हुँदैछ। आज दिउँसो १ बजे सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्स भिड्दैछन्।

यी दुई टिमबीच लिग चरणमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो।

जनकपुरको कप्तानी अनिल साहले सम्हालिरहेका छन्। आजको खेलको अर्को रोचक पाटो के हो भने, शेख दाजुभाइ आरिफ र आसिफबीच पनि आज भिडन्त हुँदैछ। आरिफ सुदूरपश्चिमबाट खेल्दैछन् भने आसिफ जनकपुर बोल्ड्सका मार्की खेलाडी छन्।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको थियो। समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो।

आजको खेलमा जित निकाल्ने टिमले सोझै फाइनल यात्रा तय गर्नेछ। यता, पराजित हुने टिमले भने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ३ पुष २०८१ ७:०३ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast