एनएमबी बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना

हिमाल प्रेस ३ पुष २०८१ १६:२७ | Wednesday, December 18, 2024
एनएमबी बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ- एनएमबी बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएआईडी) सँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यम वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

एनएमबी क्युआर लोनको जानकारीका साथै पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि तथा दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिबारे जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो।

कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो। आगामी दिनमा अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ३ पुष २०८१ १६:२७ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast