एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै

हिमाल प्रेस २६ मंसिर २०८१ ८:१५ | Wednesday, December 11, 2024
एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी मुख्यालय आलोकनगरमा बस्नेछ।

उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले पछिल्लो समयमा भएका पार्टीका सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रीय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको जानकारी दिए।

गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन।

आज र भोलि चल्ने बैठकले उक्त एजेन्डालाई प्राथमिकता दिने उनको भनाइ छ। पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ।

प्रकाशित: २६ मंसिर २०८१ ८:१५ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast