ईसीडी शिक्षकलाई दुई दिन क्षमता विकास तालिम दिँदै पालिका

हिमाल प्रेस १२ पुष २०८१ १३:४४ | Friday, December 27, 2024
ईसीडी शिक्षकलाई दुई दिन क्षमता विकास तालिम दिँदै पालिका

काठमाडौँ- झापाको कनकाई नगरपालिकाले प्रारम्भिक बालविकास सजहकर्ता (ईसीडी शिक्षक) लाई क्षमता विकास तालिम दिने भएको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालय तथा मातृविद्यालय भई सञ्चालित बालविकास केन्द्रका स.का./पूर्वप्राथमिक तहमा कार्यरत शिक्षकहरूका लागि दुई दिनको मण्टेश्वरी तालिम आयोजना गरिएको हो।

बालविकास केन्द्र/पूर्वप्राथमिक तहमा कार्यरत स.का/शिक्षकहरूलाई तालिममा अनिवार्य सहभागी हुन शाखाले आग्रह गरेको छ। तालिम आइतबार र सोमबार (पुस १४ र १५ गते) १० बजेदेखि कनकाई नगरपालिकाको सभा हलमा हुनेछ।

प्रकाशित: १२ पुष २०८१ १३:४४ | Friday, December 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast