इनर्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न

हिमाल प्रेस ४ पुष २०८१ १८:२५ | Thursday, December 19, 2024
इनर्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ- इन्र्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२४ सम्पन्न भएको छ। कलेजको वार्षिक कार्यक्रमअनुसार बिहीबार दीक्षान्त समारोह सम्पन्न भएको हो।

समारोहमा बीए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तहका १३ र बीएससी (अनर्स) कम्प्युटिङ तहका ११७ जना गरी १३० विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ।

वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिइएको कलेजको भनाइ छ। यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुपका कलेजहरूमा स्नातकोत्तर शिक्षा जारी राख्नेछन्।

यस वर्ष इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति आयुषकाजी श्रेष्ठले प्राप्त गरेका छन्। उनले इस्लिङटन कलेजमा एमएससी आईटी र एप्लाइड सेक्युरिटी अध्ययनलाई निरन्तरता दिने कलेजले जनाएको छ। साथै उनले इनोभेट नेपाल ग्रुपअन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर प्राप्त गर्नेछन्।

इनफर्मेटिक्स कलेज पोखरा सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: ४ पुष २०८१ १८:२५ | Thursday, December 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast