आर्थिक विकास र सुशासनका लागि दुई ठूला दलबीच गठबन्धन : नेता कोइराला

हिमाल प्रेस १७ मंसिर २०८१ २१:३९ | Monday, December 2, 2024
आर्थिक विकास र सुशासनका लागि दुई ठूला दलबीच गठबन्धन : नेता कोइराला फाइल तस्बिर

राजविराज – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यक रहेको बताएका छन्।

जय नेपाल फाउन्डेशन जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा गरिएको विचार गोष्ठीमा नेता कोइरालाले संविधानमा सुधार र समावेशी सहभागितालाई संस्थागत गर्न कांग्रेस अघि बढ्न आवश्यक रहेको बताए।

उनले सुशासन र आर्थिक विकासका लागि दुई ठूला दलले गठबन्धन गरेको उल्लेख गरे। पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमा हुनुपर्नेमा समेत उनले जोड दिए।

त्यसअवसरमा जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री आचार्य, मधेस प्रदेशका सबै जिल्लाका नेता तथा कार्यकर्ता र कोशी प्रदेशका सुनसरी, मोरङलगायत जिल्लाका नेता जिल्ला अध्यक्षको समेत सहभागिता थियो।

प्रकाशित: १७ मंसिर २०८१ २१:३९ | Monday, December 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast