आफैँलाई पेट्रोल छर्केर आगो लगाएकी कमलाको मृत्यु

हिमाल प्रेस ३० मंसिर २०८१ १६:४६ | Sunday, December 15, 2024
आफैँलाई पेट्रोल छर्केर आगो लगाएकी कमलाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ-  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको वाग्मती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आज मृत्यु भएको छ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भई उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो।’

मृतक आचार्यको शव परीक्षणका लागि अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रवक्ता अधिकारीले बताए।

प्रकाशित: ३० मंसिर २०८१ १६:४६ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast